कपिलवस्तु ।
कृषि ज्ञान केन्द्र कपिलवस्तुले जिल्लाका १९ जना कृषकलाई सम्मान गरेको छ । ‘जीवन र खाद्यको आधार पानी’ भन्ने नाराका साथ मंगलवार आयोजित ४३ औं बिश्व खाद्य दिवसको अवसरमा केन्द्रले कृषकहरुलाई सम्मान गरेको हो ।
दिवसको अवसरमा आयोजित पुरस्कार वितरण समारोहमा यसअघि सञ्चालन गरिएको अन्तर मावि स्तरीय निवन्ध प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई समेत पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा प्रथम रत्नराज्य लक्ष्मी मावि तौलिहवाका सुरेन्द्र कोहार, द्धितीय जनज्योती माबि बनगाईका दिया गिरी, तृतीय भृकुटी मावि बुड्ढीका सारजहाँ पठान र सान्तवना तौलेश्वर नाथ संस्कृत मावि तौलिहवाका सुन्दर कोहार भएका थिए । उनीहरुलाई क्रमशः तीन हजार, दुईहजार २ सय र १५ सय नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
जिल्लामा तरकारी बालीमा महत्वपुर्ण योगदान पुर्याउने ९ जना, धान बाली तर्फ एकजना, च्याउ खेतीतर्फ तीनजना, र कालानमक धान लगायतका बिधा तर्र्फ किसानलाई सम्मान गरेको जनाइएको छ ।
तरकारी बालीतर्फ बुद्धभूमि नगरपालिका १० का कमलावती हरिजन, सत्यभामा केवट, शिवराज नगरपालिका १ का शर्मिला लामिछाने, यशोधरा ३ का शान्ती बरई, मायादेवी १ का खदेरु चाइ, मायादेवी ८ का रामकृत यादव, बाणगंगा १ का पिताम्बर पोख्रेल, बाणगंगा ८ का बुद्धिराज न्यौपाने, बाणगंगा १० का सत्यनारायण चौधरी रहेका छन् ।
यस्तै, धानबाली तर्फ शिवराज नगरपालिका ७ का महाबीर चौधरी, कालानमक धानतर्फ यशोधरा ५ का अब्दुर मोजिद मुसलमान, मौरीपालन तर्फ बाणगंगा नगरपालिका ८ का नन्दराम अर्याल, आँपतर्फ मायादेवी ८ का बद्री प्रसाद चौधरी, मकैखेती तर्फ बुद्धभूमि ३ का यमलाल पौडेल सम्मानित भएका छन् । आलुको बीउ तर्फ कपिलवस्तु नगरपालिका १० का रामबृक्ष खरबिन्द, च्याउ खेती तर्फ शिवराज नगरपालिका २ का भविश्वर अर्याल, बुद्धभूमि २ का गिता पोख्रेल, अनुप मरासिनी लगायत रहेका छन् ।








