गृहपृष्ठ Featured गाजामा रुसले पठायो २७ टन मानवीय सहायता

गाजामा रुसले पठायो २७ टन मानवीय सहायता

प्रकाशित मिति:

रुसले बिहीबार गाजापट्टीमा सर्वसाधारणका लागि इजिप्टबाट २७ टन मानवीय सामग्री पठाएको मस्कोको आपतकालीन मन्त्रालयले बताएको छ ।

“मस्को नजिकैको रामेन्स्कोये विमानस्थलबाट इजिप्टको अल–अरिशतर्फ एक विशेष विमानले उडान भरेको छ, गाजापट्टीमा पठाउनका लागि रुसी मानवीय सामग्री इजिप्टको रेड क्रिसेन्टलाई हस्तान्तरण गरिने छ,” उपमन्त्री इल्या डेनिसोभले एक विज्ञप्तिमा भने ।

उनका अनुसार मानवीय सामग्रीमा गहुँ, चिनी, चामल र पास्ता रहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्‍याउन अनुमति दिने एक सम्झौता सुरु गरेका छन् । गाजाबाट इजराइली हमलाका बीच १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडी भागेका छन् ।

सम्बन्धित् समाचार