गृहपृष्ठ Featured लुम्बिनीमा २४ घन्टे प्रसूति सेवासहितको स्वास्थ्य केन्द्र निर्माणका लागि शिलान्यास

लुम्बिनीमा २४ घन्टे प्रसूति सेवासहितको स्वास्थ्य केन्द्र निर्माणका लागि शिलान्यास

प्रकाशित मिति:

बुटवल ।

लुम्बिनीमा २४ घन्टे प्रसूति सेवासहितको स्वास्थ्य केन्द्र निर्माणका लागि शिलान्यास गरिएको छ ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरमा प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण थालिएको हो । भवनको नगर प्रमुख सजरुद्दीन मुसलमानले शिलान्यास गरे ।

७४ लाख ८० हजार रुपैयाँमा ३ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ओझा कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको छ ।

त्यसमध्ये जिल्ला समन्वय समितिको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लगानी रहनेछ । सुविधा सम्पन्न बन्ने भवनमा करिब १५ वटा उपचार कक्ष रहने छन् ।

भवन निर्माणपछि प्रसूति हुने महिला सेवा लिन लुम्बिनी बाहिर जानु नपर्ने उपप्रमुख कल्पना हरिजनले बताइन् । नगरपालिकाले गर्भवती महिलाहरुको हकमा निःशुल्क एम्बुलेन्स सेवा सञ्ञ्चालन गरिएको छ

सम्बन्धित् समाचार