वैखरी अनलाईन, बाणगंगा ।
लुम्बिनी प्रदेश सांसद विष्णु पन्थिले नेपालमा काम गर्ने भन्दा काम गरे जस्तो गरेर फेसबुकमा फोटो प्रवृति बढ्दाँ विकास हुन नसकेको बताएका छन् ।
अन्य विकसित मुलुकका उच्च पदस्त व्याक्तिहरु फिल्डमै गएर काम गर्ने गरेको बताउँदै उनले भने, ‘हाम्रो देशमा त फोटो खिच्न मात्र फिल्डमा जाने प्रवृति छ । यसैले गर्दा विकास हुन सकेन् ।’ शनिबार उद्योग ब्यापार संघ कपिलवस्तुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालमा काम गर्नको लागि कानुन बाधकका रुपमा रहेको उनको भनाई छ । उनले प्रशस्त स्रोत, साधन र सम्भावना भए पनि कानुनी जटिलताकै कारण नेपालमा सोचे अनुसार काम गर्न नसकिने बताए ।
संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले यस क्षेत्रका केहि संघ सस्थालाई आफुहरुले पटकपटक निमन्त्रणा गरे पनि उपस्थिति नभएको भन्दै दुखेसो पोखे । उनले देशकै आर्थिक अवस्थ सङ्कटको स्थितिमा रहेको भन्दै त्यस बाट मुक्ति पाउनको लगि तिनै तहका सरकार र उद्योगी ब्यापारी मिल्नुको विकल्प नभएको दाबी गरे । कपिलवस्तुका व्यवसायीहरु पनि अवैध सामान आयातका कारण मर्कामा परिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले कठोर कदम चाल्न आवश्यक रहेको उनको भनाई छ ।
निवर्तमान अध्यक्ष हुमनाथ पौडेलले देशमा मात्र मभएर यहीँ बाणगंगाका कयौं व्यवसायी पनि टाट पल्टिरहेको भन्दै त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताए । कपिलवस्तु स्रोत साधन र आम्दानीको हिसाबले अब्बल रहेपनि उचित विकास हुन नसके भन्दै यसमा सम्बन्धित निकाय गम्भिर बन्नुपर्नेमा उनको जोड छ ।
मनव अधिकारकर्मी पार्वती आचार्यले मायादेवी गाउँपालीका लगायत धेरै स्थानमा शिक्षा र स्वास्थ्यका अवस्था कमजोर रहेको भन्दै प्रदेश सांसद विष्णु पन्थिको ध्यानआकर्षण गराएकी थिईन् ।
संघका अध्यक्ष खिमानन्द पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव वासुदेव पौडेलले गरेका थिए । कार्यक्रममा संघक पदाधिकारी, सल्लाहकार, विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।








