गृहपृष्ठ Featured टिकटक स्टार प्रिती पासवान सहभागी कार्यक्रममा ढुंगामुढा

टिकटक स्टार प्रिती पासवान सहभागी कार्यक्रममा ढुंगामुढा

धनुषाको सबैला बजारस्थित दशैंको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य गर्न पुगेकी  टिकटकस्टार प्रिती पासवानमाथि ढुंगामुढा भएको छ ।

युवाहरुले होहल्ला गर्न थालेपछि प्रहरीले कार्यक्रम बन्द गराउन खोजेपछि ढुुंगामुढा गरेको बुझिएको छ । अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

स्रोतका अनुसार ढुंगामुढाबाट प्रिती पासवानसहितका कलाकारलाई चोट लागेको छ । हुलदंगापछि कलाकार पासवान चिच्याइरहेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको छ । प्रहरीको लाठी चार्जबाट पनि दर्जनौं व्यक्ति घाइते भएका छन् ।

धनुषाका डिएसपी रञ्जन अवाका अनुसार प्रहरीले कलाकारहरुलाई सुरक्षित स्थानमा लगेका छन् । अहिले प्रहरी स्थिति नियन्त्रणमा लिने प्रयासमा छन् ।

आश्रुग्यास प्रहार वा हवाइ फायरबारे अहिले जानकारी नआएको डिएसपी अवाले जानकारी दिए । उनले ढुंगामुढाबाट तीन प्रहरी घाइते भएको र थप विवरण आउँन बाँकी रहेको बताए ।

सम्बन्धित् समाचार