काठमाडौं ।
सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को छपाइ सुरु नभएपछि छाप्न बाँकी लाइसेन्सको संख्या पनि बढ्दै गएको छ । यातायात व्यवस्था विभागका अनुसार छाप्न बाँकी लाइसेन्सको संख्या मात्रै १२ लाख नाघेको छ ।
एउटा मात्रै मास प्रिन्टरबाट नियमित छपाइ हुँदा पनि प्रक्रिया पूरा गरेका लाइसेन्स छपाइमा एक वर्षसम्म ढिलाइ हुने गरेकोमा विद्युतीय चिप्स सहितको कार्ड नै सकिएपछि गत असारको पहिलो सातादेखि लाइसेन्स छपाइ ठप्प छ ।