गृहपृष्ठ Featured धान खेतमा युवक मृत फेला

धान खेतमा युवक मृत फेला

प्रकाशित मिति:

जनकपुरधाम ।

जनकपुरधाम उपमहानगरपालिका- २३ बेलास्थित धान खेतमा एक युवक मृत फेला परेका छन् । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । शव पोष्टमार्टमका लागि प्रहरीले मुचुल्का बनाएर जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी गरेको बुझिएको छ ।

मृतक युवकको पहिचान खुल्न नसकेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार युवकको हत्या भएको आशंका छ ।

सम्बन्धित् समाचार