गृहपृष्ठ Featured रुपन्देहीको कञ्चनमा ८ वर्षीय बालिका बलात्कार, युवक पक्राउ

रुपन्देहीको कञ्चनमा ८ वर्षीय बालिका बलात्कार, युवक पक्राउ

रूपन्देही ।

रुपन्देहीको कञ्चन गाउँपालिकामा ८ वर्षीया बालिका बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् । कञ्चन गाउँपालिका-३ का ४२ वर्षीय बुद्धबहादुर पुन यस्तो गम्भीर आरोपमा पक्राउ परेका हुन्।

प्रहरी चौकी रुद्रपुरका अनुसार कञ्चन-३ की बालिकालाई घरमा कोही नभएको मौका छोपी ललाई फकाई बलात्कार गरी आरोपित पुन फरार रहेका थिए ।

इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक सूर्य बहादुर शाहीको कमाण्डमा खटिएको सुरक्षा टोलीले उनलाई खोजतलास गर्ने क्रममा कपिलवस्तु बाणगंगा नगरपालिका-१० स्थित कोठी खेलाबाट नियन्त्रणमा लिएको थियो ।

बलात्कृत बालिकाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

सम्बन्धित् समाचार