गृहपृष्ठ Featured विश्वकप छनोटअघिको हारले झस्किएका छौँ : कप्तान रोहित

विश्वकप छनोटअघिको हारले झस्किएका छौँ : कप्तान रोहित

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले ट्वान्टी–२० विश्वकप छनोटअघि युनाइटेड अरब इमिरेट्स (यूएई)सँगको हारले टिमलाई झस्काएको प्रतिक्रिया दिएका छन् ।

नेपालले घरेलु मैदानमा सम्पन्न त्रिदेशीय शृंखलाको फाइनलमा शुक्रबार यूएईसँग चार विकेटको हार बेहोरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १६३ रनको लक्ष्य यूएईले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै शृंखलाको उपाधि जितेको थियो ।

यूएईसँगको खेलपछि रोहितले यो हार घरेलु मैदानमै हुने विश्वकप छनोटअघि नेपाललाई ‘अलार्म’ भएको बताएका हुन् ।

सम्बन्धित् समाचार