गृहपृष्ठ Featured पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति:

पाल्पा ।

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लु १४ प ८८७१ नम्बरको मोटरसाइकल शनिबार दिउँसो सिद्धार्थ राजमार्गको पाल्पा खण्ड अन्तर्गत माथागढी गाउँपालिका– १ बिरौटामा दुर्घटना हुँदा मोटरसाइकलमा सवार वालिङ नगरपालिका-५ का ४१ वर्षका मोहनीलाल थापा घाइते भएका थिए ।

उनलाई उपचारका लागि पाल्पा अस्पतालमा पठाएकामा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

मोटरसाइकल सडकबाट १० मिटर तल खसेको तथा घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार