गृहपृष्ठ Featured मनकामना सामुदायिक वनद्धारा ६ करोड बढीको बजेट सार्वजनिक

मनकामना सामुदायिक वनद्धारा ६ करोड बढीको बजेट सार्वजनिक

वैखरी अनलाईन, बाणगंगा ।

जिल्लाको बाणगंगा नगरपालिका वडा नं.१ र २ मा अवस्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहले ६ करोड बढीको बजेट सार्वजनिक गरेको छ । वनले आर्थिक वर्ष २०८०/८१ को लागि कुल ६ करोड २४ लाख ८७ हजार ३ सय २० रुपैँयाको बजेट सार्वजनिक गरेको हो । सोमबार भएको वनको १६ औं वार्षिक साधारण सभामार्फत अध्यक्ष मुक्त बहादुर कार्कीले उक्त बजेट सार्वजनिक गरेका हुन् ।

बजेट प्रस्तुत गर्दै अध्यक्ष कार्कीले वन व्यवस्थापन, वन विकास, वन संरक्षण गरिबी न्युनिकरण तथा महिला सशक्तिकरण, समुदायको हित लगायतका शिर्षकमा महत्वपुर्ण कार्यक्रम ल्याएको भन्दै कार्यक्रमलाई सफलतापुर्वक कार्यान्वयन गर्दै सम्पन्न गर्ने दाबी गरेका छन् ।

उनले जिल्लामा मनकामनालाई उदाहरणीय सामुदायिक वनको रुपमा स्थापित गर्दै वनको संरक्षण, संबद्र्धनमा सबैको सकारात्मक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । उनले आफुहरु वन सम्बन्धि प्रचलित ऐन कानुनको दायरामा रहेर काम गर्न प्रतिवद्ध रहेको जिकीर गरे ।

उपभोक्तालाई सहज रुपमा आवश्यक दाउरा उपलब्ध गराउँदै वनको आम्दानी वृद्धि गर्नुपर्नेमा उनको जोड छ ।

सम्बन्धित् समाचार