गृहपृष्ठ Featured टी–२० विश्वकप छनोट : दिपेन्द्रसिंह ऐरीले सबै खेल गुमाउने संभावना !

टी–२० विश्वकप छनोट : दिपेन्द्रसिंह ऐरीले सबै खेल गुमाउने संभावना !

प्रकाशित मिति:

काठमाडौं ।

क्रिकेटर दिपेन्द्र सिंह ऐरीले टी–२० विश्वकपको एसियाली छनोटका सबै खेल गुमाउने संभावना बढेको छ ।

सोमबार सिंगापुरसँगको खेलअघि अभ्यास गर्ने क्रममा ऐरीको देब्रे गोलीगाँठोमा चोट लागेको थियो । त्यसैले उनको ठाउँमा सिंगापुरसँगको खेलमा विवेक यादवलाई प्लेइङ ११ मा राखिएको थियो ।

ऐरीलाई घाइते भए लगत्तै उपचारका लागि मेडसिटी अस्पताल लगिएको थियो । अस्पतालबाट उनी ब्यान्डेज बाँधेर र बैशाखी टेकेर त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फर्केका थिए ।

‘उहाँको ट्यालो फिबुलर लिगामेन्ट च्यातिएको छ, उहाँलाई जतिसक्छो टिममा फर्काउन क्यान र हामी मेडिकल टिम प्रयासरत छौं’, नेपाली क्रिकेट टिमका डाक्टर अभिशेक राजसि‌ंहले भने ।

ऐरीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विधामा राम्रो प्रदर्शन गर्दै आएका थिए ।

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले भोलि दिउँसो सवा १ बजे मलेसियासँग खेल्ने छ ।

सम्बन्धित् समाचार