लियोनल मेसीले सोमबार आठौंपल्ट बेलन डे’अर जितेका छन् । गत सिजन उनको नेतृत्वमा अर्जेन्टिनाले विश्वकप जितेको थियो । कतारमा भएको त्यस विश्वकपमा ३६ वर्षीय मेसीले अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
यसपल्ट विश्व फुटबलको सबैझन्दा ठूलो व्यक्तिगत अवार्ड जित्ने त्रममा मेसीले केयलिन एमबापे र इर्लिङ हाल्यान्डले तेर्साएको बलियो चुनौतीलाई उछिनेका थिए । अन्तिम मतदानमा हाल्यान्ड दोस्रो, एमबापे तेस्रो तथा केभिन डे ब्रुएना चौथोमा रहे ।
बार्सिलोनाका पूर्व खेलाडी मेसीले पछिल्लो विश्वकपमा सात गोल गरे । अर्जेन्टिनाले फ्रान्सलाई फाइनलमा टाइब्रेकरमा हराएको थियो र मेसी प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए ।
‘फेरि एकपल्ट यो अवार्ड जितेकोमा खुसी छुं । विश्वकप जितेसँगै हामीले त्यो सपनालाई पूरा गरेका थियौं,’ उनले भने, ‘मैले फुटबल खेलेर यस्तो उपलब्धी हात पार्न सक्ने थिएँ भनेर कहिले पनि कल्पना गरेका थिइनं । म भाग्यमानी रहें, किनभने मैले खेलेको टिम बलियो रह्यो ।’
महिलातर्फ स्पेन तथा बार्सिलोनाकी आइटाना बोनमनी उत्कृष्ट घोषित भइन् भने इंग्ल्यान्ड तथा रियल म्याड्रिडका जुड बेलिङघम उत्कृष्ट युवा खेलाडी रहे । यस्तै अर्जेन्टिनाकै इमालिनो मार्टिनेज उत्कृष्ट गोलरक्षक चुनिए । म्यानचेस्टर सिटी भधने वर्षकै उत्कृष्ट क्लब रह्यो ।