बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिगको दोस्रो सिजनलाई क्यामरुनका स्ट्राइकर स्टेफेन बिनोङलाई अनुबन्ध गरेको छ ।
२६ वर्षीय बिनोङले नेपाल सुपर ललगमा अघिल्लो सिजन काठमाडौं रेजर्सबाट खेलेका लिए । उनी पहिलो सिजनमै उत्कृष्ट खेल प्रदर्शन गर्दै टोलीलाई उपाधि जिताउन सफल भएका थिए । बिनोङले ‘ए’ डिभिजन लिग एफसी खुमलटारबाट खेलेका थिए । त्यसमा १० गोल गरेका लिए । एक सिजनका लागि सम्झौता गरेका बिनोङले भने, ‘यस सिजनको नेपाल सुपर लिगलाई म निकै उत्साहित छु, बुटवल लुम्बिनीमा आबद्ध हुन पाउँदा झनै धेरै खुसी लागेको छ र क्लबका लागि सक्दो मिहिनेत गर्ने छु ।’
बिनोङले स्मारक ए डिभिजन लिग २०७८ भने एनआरटीबाट खेलेका लिए । जतिबेला उनले तीन गोल र तीन एसिस्ट गरेका थिए । काठमाडौं रेजर्सबाट खेल्दा उनले ३ गोल र २ एसिस्ट गरेका थिए । दोस्रो संस्करणको एनएसएल नोभेम्बर २४ देखि दशरथ रंगशालामा हुँदै छ । बुटवलको पहिलो खेल नोभेम्बर २५ मा ललितपुर सिटीविरुद्ध हुनेछ ।