काठमाडौं ।
कुशल मल्लले अर्धशत प्रहार गरेका छन्। मलेसियाविरुद्ध उनले २५ बलमा ५२ रन बनाएका हुन्।
अर्धशतक बनाउन उनले ६ छक्का र एक चौका प्रहार गरे। टी-२० फर्मेटमा मल्लको यो तेस्रो अर्धशत हो। यसअघि कुल भुर्तेल ४३ र आसिफ शेख ३२ रन बनाएर पेभेलियन फर्किएका थिए।