गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगामा बसबाट खसेर एक महिलाको ज्यान गयो

कपिलवस्तुको बाणगंगामा बसबाट खसेर एक महिलाको ज्यान गयो

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- ७ वनगाईमा बसबाट खस्दाँ गम्भिर घाईते भएकी एक महिलाको  ज्यान गएको छ । बुधबार सोही वडाको मोतिपुर बस्ने २६ बर्षीय सृजना गिरीको ज्यान गएको हो ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत पुर्वबाट पश्चिमतर्फ जादैं गरेको लु १ ख ८६७७ नम्बरको बस रोकि झर्ने क्रममा दुर्घटना हुदाँ मृतक गिरी गम्भिर घाईते भएकी थिईन् ।

उपचारका लागी बुटवल पठाईएको र सोही क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले वैखरीलाई जानकारी दिएको छ ।

प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ ।

सम्बन्धित् समाचार