रुपन्देही ।
बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्तिका लागि प्राणिधान (मोन्लम पूजा) विहीबारदेखि सुरु भएको छ । महायान परम्परा अनुसार नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघले तीन दिने मोन्लम पूजा सुरु गरेको हो ।
उपाध्यक्ष लामाले लुम्बिनीमा आनीहरुको मोन्लम पूजाबाट यो वर्ष पूजाको शुरुवात भएको बताउँदै आगामि दिनमा यस्ता पूजाहरु बढ्दै जाने बताए । उनले आफू कोषको उपाध्यक्ष हुँदा नै लुम्बिनीमा लामा, गुरुहरुको उपस्थितीमा विभिन्न खालका पूजा गराउने प्रतिबद्धता जनाएको बताए । उनले अब बेलाबेलामा ठूला-ठूला मोन्लुम पूजाहरु हुने बताए ।
उनले यो वर्षका लागि पूजा सुरु भएको बताउँदै नोभेम्र र डिसेम्बरमा पनि यस्तै पूजा लुम्बिनीमा हुने बताए । लुम्बिनीमा धार्मिक पर्यटकहरुलाई आर्कषित हुने र यसले बुद्धका उपदेश र सन्देश थप फैलने उनले बताए ।
नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघले प्रत्येक वर्ष लुम्बिनीस्थित मायादेवी मन्दिरमा मोन्लम पूजा गर्दै आएको छ । बुद्धजन्मस्थल नेपाल र लुम्बिनी हो भन्ने सन्देश दिन र विश्वभर नै शान्तिको कामना गर्दै विगत ६ बर्षदेखि मोन्लम पूजा गर्दै आएको संघका संस्थापक अध्यक्ष खेमो डोल्पा छिरिङ लामाले बताइन् । पूजा शनिबारसम्म चल्नेछ ।








