विराटनगर ।
विराटनगर घर भएका कराँतेका दुई जना प्रशिक्षक सामूहिक बलात्कारमा दोषी ठहर भएका छन्।
जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई बुधबार दोषी ठहर गरेको हो। जबरजस्ती करणी मुद्दा चलाइएका दुवै जनालाई यसअघि अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको थियो।
अदालतका सूचना अधिकारी ओमराज सुवेदीले करणी मुद्दामा उनीहरु दोषी ठहर भएपनि सजाय निर्धारण भने हुन बाँकी रहेको जानकारी दिए। उनका अनुसार सजाय निर्धारणको समय आगामी कात्तिक २२ गतेलाई तोकिएको छ।