गृहपृष्ठ Featured विश्वकप खेल्नु पाउनु आफूलाई भाग्यमानी ठान्छु– रोहित

विश्वकप खेल्नु पाउनु आफूलाई भाग्यमानी ठान्छु– रोहित

काठमाडौँ ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को ट्वान्टी–२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको बताए ।

शुक्रबार मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेटले हराउँदै जारी आइसिसी विश्वकप छनोट (एसिया क्वालिफायर) को फाइनलमा यात्रा तय गरेसँगै नेपाल सन् २०१४ पछि पहिलो पटक ट्वान्टी–२० विश्वकपमा स्थान बनाउन सफल भयो । त्यो सफलतापछि कप्तान रोहितले सोमपाल कामी र विनोद भण्डारीबाहेक सबै सन् २०१४ कै विश्वकप हेरेर नै हुर्किएको उल्लेख गर्दै यस पटक  आफैं विश्वकप खेल्न पाउनु भाग्यमानी महसुस भएको बताए ।

टस हारेपछि डर लागे पनि बलिङमा सबैले राम्रो योगदान दिएको उल्लेख गरे । युएईको महत्त्वपूर्ण ब्याटर मोहम्मद वासिमलाई छिटै आउट गर्ने योजना रहेको र सोहीअनुरूप सोमपालले उनलाई पवेलियन फर्काउन सक्नु ठूलो सफलता रहेको धारणा राखे । त्यसपछि सन्दीप लामिछाने, कुशल मल्ल र गुल्सन झाले बलिङमा राम्रो योगदान दिएपछि युएईलाई कम योगफलमा रोक्नु पनि अर्को महत्त्वपूर्ण पक्ष रहेको उनले बताए ।

सम्बन्धित् समाचार