गृहपृष्ठ Featured बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

बर्दियामा बाघले फेरि एक महिलाको ज्यान लिएको छ। बर्दियाको मधुवन नगरपालिका–५ शक्तिपुरकी २८ वर्षीया गायत्री डाँगीको बाघको आक्रमणबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले बाख्रा चराउने क्रममा बाघको आक्रमणमा परी डाँगीको मृत्यु भएको सेतोपाटीलाई बताए।

‘दिउँसो साढे दुई बजेसम्म घर नर्फिएपछि घर परिवार र गाउँले खोजीमा जाँदा तीन बजेतिर डाँगीको शव फेला परेको हो,’ एसपी शाहीले भने, ‘शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल पठाइएको छ।’

घर नजिकको स्थानीय चिरौटे सामुदायिक वनमा डाँगी बाख्रा चराउन गएकी थिइन्।

सम्बन्धित् समाचार