गृहपृष्ठ Featured भोलि निमाबि लाईसेन्स परिक्षा : कपिलवस्तुका ४० केन्द्रमा १० हजार ४ सय विधार्थीले परिक्षा दिदैं

भोलि निमाबि लाईसेन्स परिक्षा : कपिलवस्तुका ४० केन्द्रमा १० हजार ४ सय विधार्थीले परिक्षा दिदैं

प्रकाशित मिति:
लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तु, रुपन्देही र दाङमा निमाबि शिक्षकको लाईसेन्सको परिक्षा भोलि हुदैं छ ।
कपिलवस्तुका ४० परिक्षा केन्द्रमा १० हजार ४ सय जनाले शिक्षकको लाईसेन्सको परिक्षा दिने छन । परिक्षाको सबै तयारी पुरा भएको र केन्द्रहरु तौलिहवा, बाणगंगा नगरपालिका बुद्धभुमी र शिवराज नगरपालिकाका बिदालय र क्याम्पसहरुमा राखिएको शिक्षा तथा समन्वय ईईका प्रमुख थानेश्वर घिमिरेले बताए ।
परिक्षाार्थीको सुबधिालाई मध्यनजर गरी यस बर्ष दिउसो १ बजे परिक्षा राखिएको र सबै केन्द्रहरु बाटोको छेउमा रहेको उनले बताए ।
तौलिहवाको बुद्धपदम उमाबिमा २, संस्कृत माबिमा १, यशोधरामा १, रत्न राज्यमा एक, कपिलवस्तु क्याम्पसमा ३, बाणगंगाको ओदारी स्थित हथौसा लिटिल स्टारमा २, ओदारी माबिमा १, गजेहडाको होराईजनमा २, गजेहडा माबिमा १, पिपरा जनता माबिमा ३, हिलवर्डमा १, बैरिया बाल माबिमा २, बुङची क्यामपसमा ३, बाणगंगा माबि लौगाईमा २ र कपिलवस्तु बिद्या मन्दिर लौगाईमा १, गोरुसिंगेको गौतम बुद्ध उमाबिमा ३, भृकुटी माबि बुढ्ढीमा २, माबि ईमिवियामा २, समयमाईथान माबि खरैन्द्रपुरमा २, राष्ट्रिय मााबि चन्द्रौटामा २, नेपाल आर्दश माबि शिवपुरमा ३, केन्द्रहरु राखिएका छन ।

सम्बन्धित् समाचार