गृहपृष्ठ Featured लुम्बिनी प्रदेश सरकारले पठायाे स्वास्थ्यकर्मी र औषधिसहितको टोली जाजरकोट र रुकुम

लुम्बिनी प्रदेश सरकारले पठायाे स्वास्थ्यकर्मी र औषधिसहितको टोली जाजरकोट र रुकुम

प्रकाशित मिति:

दाङ । 

जाजरकोट भूकम्प प्रभावितहरूको उद्धार तथा उपचारका लागि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीसहितको टोली पठाएको छ । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलेको निर्देशनमा स्वास्थ्यकर्मी सहितको टोली पठाएको हो ।

भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको आवश्यकता बढिरहेकोले लुम्बिनीका मुख्यमन्त्री चौधरीको निर्देशनमा दाङको तुलसीपुरबाट स्वास्थ्यकर्मी र औषधिसहितको टोली हिँडेको हो ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका मेडिकल सुपरिटेडेन्ट डा पदमराज अधिकारीको नेतृत्वमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती लाइफ केयर अस्पताल, र तुलसीपुर सिटी अस्पतालबाट २० जना स्वास्थ्यकर्मी र औषधिसहितको टोली जाजरकोट र रुकुमतर्फ हिँडेको छ ।

 

सम्बन्धित् समाचार