गृहपृष्ठ Featured भूकम्प पीडितलाई सरकारसँग मिलेर एमालेले सघाउने

भूकम्प पीडितलाई सरकारसँग मिलेर एमालेले सघाउने

प्रकाशित मिति:

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तदारुकताका साथ भूकम्प पीडितलाई राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उद्धार तथा खोजमा सरकारलाई सघाउन आफ्नो दल तत्पर रहेको बताउनुभएको छ ।

नेकपा एमालेको मधेश प्रदेश समितिका नवनिर्वाचित पदाधिकारीहरूको शपथ समारोहलाई आज पर्साको वीरगन्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भूकम्पमा परी घाइते भएकाको उद्धार तथा उपचार एवम् राहत सामग्री वितरणमा आफ्नो ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह गर्नुभयो ।

‘घाइतेको खोजी र उद्धारका लागि हामी पनि सरकारलाई सहयोग गर्न तयार छौँ,’ सामाजिक सङ्घसंस्थालाई पनि तत्काल राहत र उद्धारमा जुट्न आग्रह गर्दै उहाँले भन्नुभयो ।

पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई इमान्दारीका साथ आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान गर्दै अध्यक्ष ओलीले सबैले दत्तचित्त भएर देश र जनताका निम्ति काम गरेमा आउँदो चुनावमा बहुमत प्राप्त गर्न सकिने बताउनुभयो । मधेशको विकासका लागि पार्टी प्रतिबद्ध रहेको दोहोर्याउँदै उहाँले मधेशको गरिबी हटाउने योजनामा काम गर्न स्थानीय तहका नेतालाई निर्देशन दिनुभयो ।

नेकपा एमालेका सचिव एवम् मधेश प्रदेश प्रमुख योगेश भट्टराई, कोशी प्रदेश प्रमुख रघुवीर महासेठले पार्टी सङ्गठनका विविध पक्षबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

सम्बन्धित् समाचार