गृहपृष्ठ Featured ‘लभ पार्क’ बाणगंगासंगै कपिलवस्तुकै चिनारी

‘लभ पार्क’ बाणगंगासंगै कपिलवस्तुकै चिनारी

कपिलवस्तु ।

मधौलिया सामुदायिक वनले आर्थिक वर्ष २०८०/०८१ को लागि १ करोड १७ लाख ४८ हजार ६५५ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । शनिवार भएको वनको २० औं साधारण सभामा जेट सार्वजनिक गरिएको हो ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चत्रपाणी अर्यालले कपिलवस्तुमा पर्यटनको क्षेत्रमा मधौलिया सामुदायिक वनले महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको दाबी गरेका छन् । बाणगंगालाई पर्यटनको क्षेत्रमा अगाडि बढाउन यसले महत्वपुर्ण सहयोग गरेको भन्दै मधौलिया वन उद्यान ‘लभ पार्क’ नगरकै गौरवको रुपमा रहेको बताए ।

उपमेयर रिता कुमारी चौधरीले मधौलिया वन र उद्यान नगरको चिनारिको रुपमा रहेको हुदा यसको संरक्षण र सम्वद्र्धन गर्नको लागि नगर तयार रहेको बताईन् । वनमा आउने बजेटलाई सदुपयोग र व्यवस्थापन गर्न सके धेरै काम गर्न सकिने उदाहरणको रुपमा यस वनलाई हेर्न सकिने पनि उनको भनाई छ ।

वडा नम्बर ५ का वडा अध्यक्ष दुनिका प्रसाद भुसालले मधौलिया सामुदायिक वनसंग आफु विगतमा पनि जोडिएको भन्दै यसको विकासको लागि वडा कार्यालयले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

वनको आगामी वर्षको निति, कार्यक्रम तथा मधौलिया वन उद्यानको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वनका अध्यक्ष खडानन्द गौतमले आफुहरुले ४ वर्ष अगाडि बनाएको पार्कले अहिले जिल्लालाई चिनाएको भन्दै यसको विकासको लागि सम्पुर्ण पक्षको सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

वनको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यवाहक अध्यक्ष तुल्सि प्रसाद अर्यालले बाणगंगासहित जिल्लामै पर्यटनको सम्भावनालाई वृद्धि गर्न वनले मधौलिया वन उद्यान निर्माण गरेको बताए ।

लेखनाथ भण्डारीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रम सचिव मिना भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार