गृहपृष्ठ Featured प्रथम गुल्मी भलिबल कपको उपाधि सत्यवतीले जित्यो

प्रथम गुल्मी भलिबल कपको उपाधि सत्यवतीले जित्यो

प्रकाशित मिति:

गुल्मी ।

प्रथम गुल्मी भलिबल कप २०८० को उपाधि सत्यवती गाउँपालिकाले जितेको छ। भलिबल संघ गुल्मीले सञ्चालन गरेको पालिकास्तरीय महिला र पुरुष भालिबल प्रतियोगिताको दुवै उपाधि हात पार्न सत्यवती गाउँपालिकाले नै सफल भएको हो। महिला र पुरुष दुवै तर्फको द्वितीय पुरस्कार कालीगण्डकी गाउँपालिकाले हात पारेको छ।

भलिबल प्रतियोगितामा पुरुषतर्फ चन्द्रकोट र महिला तर्फ दरबार गाउँपालिकाले तृतीय स्थान हासिल गरेका छन्। त्यस्तै पुरुषतर्फ मुसिकोट नगरपालिका र महिला तर्फ रुरु क्षेत्र गाउँपालिका सान्त्वना भएका हुन्।

पुरुष भलिबल खेलमा प्रथमले नगद ७७ हजार ७ सय ७७ रुपैयाँ कप, मेडल र प्रमाणपत्र पाउने छन्। त्यस्तै द्वितीय ५५ हजार ५ सय ५५ रुपैयाँ, तृतीया ३३ हजार ३ सय ३३ रुपैयाँ र सान्त्वनाले नगद ११ हजार १ सय ११ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाएका छन्।

त्यस्तै महिला भलिबल तर्फ प्रथम हुनेले ३५ हजार रुपैयाँ, द्वितीय हुनेले २५ हजार रुपैयाँ, तृतीय हुनेले १५ हजार रुपैयाँ र सान्त्वनाले हुने नगद १० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाएका हुन्।

कात्तिक १५ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको भलिबल कपमा जिल्लाका १२ वटै स्थानीय तहका पुरुष खेलाडी सहभागी थिए। त्यस्तै महिला भलिबल प्रतियोगितामा चन्द्रकोट,छत्रकोट र मदाने बाहेका ९ वटा स्थानीय तहका महिला खेलाडीले सहभागिता जनाएको जिल्ला भलिबल संघ गुल्मीले जनाएको छ।

अन्तर्राष्ट्रिय भलिबल महासंघ र नेपाल भलिबल संघको नियम सहित खेल नकआउट सिस्टममा खेलाइएको थियो। जिल्लाको सदरमुकाम तम्घास चिदिचौर खेल मैदानमा सञ्चालित प्रथम गुल्मी भलिबल कपले नयाँ खेलाडी उत्पादन, खेलको विकास र विस्तारमा थप टेवा पुग्ने आयोजकले अपेक्षा लिएको छ।

सम्बन्धित् समाचार