गृहपृष्ठ Featured भैरहवा विमानस्थल : नियमित अन्तर्राष्ट्रिय उडान गर्न दबाब

भैरहवा विमानस्थल : नियमित अन्तर्राष्ट्रिय उडान गर्न दबाब

प्रकाशित मिति:

बुटवल ।

नेपाल वायुसेवा निगमले साताको एक दिन मलेसियाबाट भैरहवामानसम्म उडान गर्ने गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले हप्ताको एक दिन यही एक मात्रै अन्तर्राष्ट्रिय उडान हुने गरेको छ ।

२०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए, यो विमानस्थल । नेपालको दोस्रो व्यावसायिक अन्तर्राष्ट्रिय विमानस्थलको भनिएको यो विमानस्थलमा  नियमित हुनुको साटो अन्तर्राष्ट्रिय उडान बेला बेला बन्द हुने गरेको छ ।

हाल राष्ट्रिय ध्वजावाहकले विमानले पनि साताको एक दिनमात्रै उडान गर्दा स्थानीयवासीले अपेक्षा गरेअनुसार विमानस्थल सञ्चालनमा सरकारले ध्यान नदिएको गुनासो गरिरहेका छन् ।

उनीहरूले अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गरिरहेका छन् । विभिन्न निकाय मार्फत सरकारलाई दबाब पनि दिएका छन् तर विमान कम्पनीहरूले यात्रु नभएपछि उडान रोक्नु परेको बताउँछन् ।

सम्बन्धित् समाचार