श्रीलंकाको राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरिएको छ। भारतमा जारी विश्वकपमा भारतसँग लज्जास्पद् पराजय व्यहोरेपछि खेलकुदमन्त्री रणसिंघेले क्रिकेट बोर्डलाई बर्खास्त गरेका हुन्।
जारी विश्वकपमा श्रीलंकाले सात खेलमध्ये दुई खेलमा मात्र विजयी हासिल गरेको छ। आयोजक भारतसँग भने श्रीलंका ५५ रनमै अलआउट भएको थियो। भारतसँग लज्जास्पद् पराजय व्यहोरेपछि गत शनिबार श्रीलंकामा विरोध प्रदर्शन भएको थियो। समर्थकहरूले कोलम्बोस्थित बोर्डको कार्यालय बाहिर प्रदर्शन गरेका थिए।
मन्त्री रणसिंघेले क्रिकेटलाई पुनर्जीवन दिन सबैभन्दा उपयुक्त व्यक्ति पूर्वकप्तान रणतुंगा भएको भन्दै कमिटीको अध्यक्षमा नियुक्त गरेको स्पष्ट पारेका छन्। रणतुंगेले क्रिकेट पुनर्निर्माणको चुनौती स्वीकार गरेको बताए। ‘श्रीलंका क्रिकेटलाई देशको सबैभन्दा भ्रष्ट संस्थाका रूपमा चिनिन थालेको छ। म त्यो छबि परिवर्तन गर्न चाहन्छु,’ उनले भने।