दाङ ।
वास्तुविज्ञ इन्जिनियर लक्ष्मीप्रसाद सोतीले लेखेको नेपाली वास्तुको अनुसन्धानात्मक कृति सार्वजनिक भएको छ । भारत र चीनको वास्तुभन्दा नेपालको वास्तु किन फरक छ भन्ने विषयमा सोतीले लेखेको पुस्तक सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले सार्वजनिक गरेकी हुन् ।
दाङमा आयोजित दुई दिने राष्ट्रिय ज्योतिष वास्तु तथा अध्यात्म सम्मेलन एवम् रजत वर्ष विषेश कार्यक्रममा सोतीले लेखेको पुस्तक विमोचन गर्दै मन्त्री शर्माले ज्योतिषशास्त्र गणितीय सूत्रमा आधारित विज्ञान भएको उल्लेख गर्दै यस क्षेत्रमा अझं बढी खोज अनुसन्धान आवश्यक रहेको बताइन् ।








