गृहपृष्ठ कपिलवस्तु बिशेष तिहारअघि नै झिलिमिली बाणगंगाको चारनम्बर बजार (फोटोफिचर)

तिहारअघि नै झिलिमिली बाणगंगाको चारनम्बर बजार (फोटोफिचर)

सागर वि.क., वैखरी अनलाईन ।

नेपालीहरुको सबैभन्दा ठूलो पर्व वडादशैँ सकिएको छ । यस्तै, दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ ।

तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । एकआपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैली खेल्दै मनाइने चाड हो, तिहार ।

तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिङ्गारिन्छ । तर, कपिलवस्तुको बाणगंगा नगरपालिकाको मुटु मनिने चारनम्बर बजार क्षेत्र आजकाल नै झिलिमिली देखिन्छन् ।

हिजोआज परम्परागत दियोको ठाउँ आधुनिक झिलिमिली बत्तीले पाएको छ । जसले यतिबेला बाणगंगा नगरपालिकाकै मुटु मानिने चारनम्बर बजार क्षेत्र झिलिमिली पारेको छ ।

तस्बिरहरु :

सम्बन्धित् समाचार