चेतन विष्ट, कपिलवस्तु ।
हरेक वर्ष बाणगंगाको बुद्धरंगशालामा हुने कपिलवस्तु महोत्सवको १४ औँ संस्करण आगामि मंसिर २१ गतेदेखि हुने भएको छ ।
बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा ‘युवा स्वरोजगारको बलियो आधार, पर्यटन एवम कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्सान’ भन्ने मुल नाराका साथ यहि मंसिर २१ गतेदेखि पुस १ गतेसम्म १४ औं कपिलवस्तु महोत्सव हुने भएको हो ।
आज महोत्वसको तयारी लगायत विविध विषयको बारेमा जानकारी दिन भएको पत्रकार सम्मेलनमा महोत्सवका संयोजक तथा आयोजक बाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष राज कुमार खाणले महोत्सवलाई सफल रुपमा सम्पन्न गराउनको लागि जिल्लाका सञ्चार माध्यमहरुको विशेष साथ रहने आसा व्यक्त गर्नुभयो ।
कपिलवस्तुको पहिचानको रुपमा स्थापित भएको यस महोत्वसले जिल्लाको पर्यटन, कृषि सङ्गै व्यवसायलाई प्रवद्र्धन गर्न विशेष भुमिका खेल्ने उहाँले बताउनु भएको छ । उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्वस बाट आफुहरुले धेरै कुरा सिकेको भन्दै अहिलेको महोत्वसलाई उत्कृष्ट बनाउने दाबी गर्नुभएको छ ।
महोत्सवलाई सफल पार्न छलफल तथा आधारभुत कुराको तयारी भई रहेको पनि उहाँले जानकारी दिनुभयो ।
त्यस्तै बाणगंगा वेलफेयर सोसाइटीका महासचिव तथा महोत्वसका निर्देशक बुद्धि बहादुर रोकाहा (दिनेश) क्षेत्रीले विगतका महोत्सव भन्दा अझ उत्कृष्ट बनाउने बताउनु भयो । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव संचालन गरिने बाणगंगा वेलफेयर सोसाइटीका महासचिव बुद्धि बहादुर रोकाहा दिनेश क्षेत्रीले बताए ।
त्यस्तै सम्मेलनमा बोल्दै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलक राम घिमिरे, पुर्व अध्यक्षहरु उमानाथ पौडेल, बिश्नु न्यौपाने, वडा नम्बर ४ का पुर्व वडा अध्यक्ष गणेश बहादुर क्षेत्री, युवा नेता शक्ति सिंह ठकुरी लगायतले बोल्दै १४ औँ कपिलवस्तु महोत्सवलाई सफल रुपमा सम्पन्न गर्न जिल्लाका हरेक क्षेत्रले सहयोग पुर्याउनु पर्नेमा जोड दिनुभएको थियो ।
त्यस्तै पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारीले महोत्सवलाई सफल पार्न जिल्लाका हरेक सञ्चारकर्मी सकारात्मक रुपमा लाग्ने विश्वास दिलाउनु भएको थियो । महोत्वस समितिले मिडियालाई सकारात्मक रुपमा हेरेर उचित मुल्याङ्कन गरिदिन उहाँले आग्रह गर्नुभएको थियो ।
सम्मेलनमा बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाणको अध्यक्षता तथा महासचिव बुद्धि बहादुर रोकाहा (दिनेश) क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा जिल्लाका पत्रकार, आयोजक संस्थाका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।