वैखरी अनलाईन, बाणगंगा ।
१४ औं कपिलवस्तु महोत्सव आगामी मंसिर २१ गतेदेखि पुष १ गतेसम्म चारनम्बरको बुद्ध रंगशालामा हुदै छ ।
महोत्सवको मुख्य आकर्षकका रुपमा रहेको १२ औँ कपिलवस्तु डान्स आइडलको तयारी प्रारम्भ भएको छ । कार्तिक २६ गते विहान १० बजेदेखि आईडलतर्फको अडिसन सुरु हुने डान्स आइडल संयोजक खड्क बहादुर क्षेत्रीले बताए ।
कपिलवस्तु डान्स आइडलमा सहभागिताका लाग फर्म खुल्ला गरिसकेको उनले बताए । आइडलको अडिसन क्लबको भवनमा हुने बताउँदै उनले सहभागि हुन ईच्छुकलाई छिट्टै सम्पर्क गर्न आग्रह गरे ।
आइडलको उपाधि हात पार्नेले १ लाख २१ हजार १ सय २१, उपविजेताले ७७ हजार ७ सय ७७, तृतीयले ५५ हजार ५ सय ५५ रुपैयाँ र सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए ।
यसरी गर्न सक्नुहुने छ सम्पर्क :
आइडल संयोजक : 9821912295
सचिवालय : 076-550389