किरणमान बज्राचार्य
कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका–२ रमतलहाका भोला कोहारले मोटोका सामाग्री बनाउन थालेको पनि चार दशक बढी बित्यो। विगत पाँच सात वर्षहरूका तिहारमा बेला माटोका सामाग्री पनि राम्रो बिक्री हुन्थ्यो। तर केही वर्ष यता भने उनको आफ्नो र परिवारको जीवन धान्न मुस्किल परेको छ।
तिहारमा बढी बिक्री हुने भएकाले ६० वर्षे उनी अहिले घरमा बनाएका माटाका सामाग्री बजारमा बेच्न व्यस्त छन। उनी चार्ड पर्व आउँदा साथ महिना डेढ दुई महिना माटोको कला सृजनामै व्यस्त हुन्छन्। राम्रो भाँडाकुँडा बनाउँछन्। १५ वर्षको उमेरबाटै माटोकै भाँडाकुँडा बनाउँदै आएका उनले भने व्यापार दिनानुदिन खस्कँदो छ। चुलौचोकोकै समस्या हुन थालेको छ। माटाका भाँडाकुँडा बनाउने कोहार समुदायको पेसा सङ्कटमा परेको छ।
जिल्लामा हिन्दुहरूको कोहार र मुस्लिमहरूको कसघड जातिले माटाका भाडाहरू बनाउने गर्छन। उनीहरूको यही पुर्ख्यौली पेसा हो। ‘ विगतमा माटाका सामाग्रीहरू बढी बिक्री हुन्थ्यो तर अहिले ती दिनहरू गए ’ भोलाले निराश हुँदै भने ‘ रेडी मेट प्लाष्टिको सामानमा आकर्षण बढे पछि अहिले परिवारको गुजारा चलाउन पनि मुस्किल भएको छ ’। ‘अरु बेला खासै बिक्री नभए पनि चाडबाडले भ्याई नभ्याई हुन्थ्यो’ उनले भने, ‘तर आज भोली व्यापार छैन्।’ ‘माटोका भाडाको राम्रो व्यापार व्यवसाय नहुँदा घर खर्च टार्न पनि गाहैं हुन थालेको दुखेसो गरे।’