गृहपृष्ठ Featured खुला कविता प्रतियोगितामा पवन अधिकारी प्रथम

खुला कविता प्रतियोगितामा पवन अधिकारी प्रथम

प्रकाशित मिति:

राधा पाण्डे
कपिलवस्तु ।

दधि स्मृति साहित्य समाज कपिलवस्तु नेपालको आयोजनामा खुला कविता प्रतियोगिता सम्पन्न भएको छ । साहित्य समाज कपिलवस्तु नेपालको छैठौं वार्षिक साधारणसभा लक्ष्मी जयन्ति, खुला कविता लेखन तथा वाचन प्रतियोगिता वाणगङ्गा मा.वि. लौगाईमा सम्पन्न भएको छ ।

नेपाली भाषा, साहित्य, कला संस्कृतीलाई जगर्ना गर्ने उद्देश्यले वार्षिक साधरणसभामा कविता प्रतियोगिता राखिएको आयोजकले जनाएको छ ।
समितिले दिएको प्राकृतिक विपत्ति शीर्षकमा ७ जना प्रतिस्पर्धिले सहभागिता जनाएका थिए । जसमा प्रथम पवन अधिकारी , द्वितीय वुद्धिसागर बेल्बासे, तृतीय मोहन प्रसाद पन्थी र विपना खत्रीले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।

तत्काल शीर्षक दिएर एक घण्टा भित्र अव्वल कविता रचना गरि वाचन हुँदा कार्यक्रममा थप रौनकता थपिएको थियो । प्रथम,द्वितीय,तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने श्रष्टाहरुलाई नगद प्रमाणपत्र सहित सम्मानित गरिएको छ । सहभागीलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

कार्यक्रममा प्रथम हुने पवन अधिकारीलाई प्रोत्साहन स्वरुप सल्लाहकार देवका भण्डारिले रु.५५५ प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी सुर्यप्रसाद भुसालले साहित्य देशको गहना भएकोले साहित्यले समाज परिवर्तन गर्न सक्ने बताउनु भयो । उहाँले साहित्यले मनको पीडा बुझ्न सक्ने बताउँदै सम्पुर्ण सहभागिलाई हार्दिक बधाई व्यक्त गर्नु भयो । साथै यो कपिलवस्तु जिल्लामै उत्कृष्ट र पहिलो कार्यक्रम रहेको कुरा समेत व्यक्त गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा वाणगङ्गा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण पाण्डेले कवि र कविता एक अर्काका पुरक भएकाले सदैव आत्मसाथ गरि रहन आग्रह गर्नु भयो ।
कार्यक्रममा संस्थाका सह-सचिव राधा पाण्डे, संस्थाका सल्लाहकार समीर सायर, साहित्यकार मोहन ज्ञावाली, अनुज बेल्बासे, प्रवीण अधिकारी, प्रकाश भुषाल लगायत दर्जन बढी साहित्यकारहरुले आ(आफ्नो रचना वाचन गर्नु भएको थियो । कविताले वर्तमान विसङ्गती , प्राकृतिक सौन्दर्यता, प्रेम, सद्भाव लगाएतका भावलाई उजागर गरेका थिए ।

दधी स्मृति साहित्य समाजको छैठौं साधारण सभामा सचीव सुशील अर्याल ञअनुरागझले प्रगती प्रतिबेदन र कोषाध्यक्ष बाबुराम भण्डारिले आर्थिक प्रगति प्रतिबेदन पेश गर्नु भएको थियो ।

कार्यक्रम लेखनाथ घिमिरे ञसंयोग झको अध्यक्षता, साहित्यकार सुर्यप्रसाद भुसालको प्रमुख आतिथ्यता, होराईजन मावि सिद्धिपुरका प्राचार्य बासुदेव घिमिरेको विशिष्ट आतिथ्य्ता रहेको थियो ।

त्यस्तै सामुदायिक पुस्तकालयका अध्यक्ष दिलिप कार्की , वाणगङगा मावि का प्रधानाध्यापक कुलराज पौडेल, दयाराम घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

संस्थाका सचिव सुशील अर्याल अनुरागको स्वागत मन्तव्य रहेको कार्यक्रम उपाध्यक्ष दुर्गा प्रसाद अधिकारिको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा साहित्यकार, बुद्धिजीवी, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार