गृहपृष्ठ Featured नाइजेरियामा डुङ्गा पल्टिँदा ८ जनाको मृत्यु

नाइजेरियामा डुङ्गा पल्टिँदा ८ जनाको मृत्यु

प्रकाशित मिति:

नाइजेरियाको उत्तरी राज्य ताराबाबाट यात्रु बोकेको एउटा डुङ्गा छिमेकी राज्य बेनुमा नजिक पल्टिँदा कम्तीमा आठजनाको मृत्यु छ।

 

स्थानीय अधिकारीले सोमबार जानकारी गराएअनुसार घटना आइतबार साँझ भएको हो। व्यापारीहरू चढेको डुङ्गा बेनुको बजारतर्फ जाँदै  डुङ्गा अचानक पल्टिएको ताराबा राज्यका स्थानीय अधिकारी इसा मोहम्मदले सिन्ह्वालाई फोनमार्फत  जानकारी गराए। घाइतेको संख्या भने, यकिन भएको छैन।

ताराबा राज्यका गभर्नर अग्बु केफासले पीडितहरूप्रति शोक व्यक्त गर्दै विज्ञप्ति जारी गर्दै तुरुन्तै छानबिन गर्न आदेश दिएका छन्।

यात्रुको अत्यधिक चाप, प्रतिकूल मौसमी अवस्था, र परिचालनमा त्रुटि लगायत कारण पश्चिम अफ्रिकी देशमा  डुङ्गा दुर्घटना भइरहन्छन्।

सम्बन्धित् समाचार