गृहपृष्ठ Featured लुम्बिनीका अर्थमन्त्रीले नातेदारलाई राप्ती प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त गरेपछि विवाद

लुम्बिनीका अर्थमन्त्रीले नातेदारलाई राप्ती प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त गरेपछि विवाद

प्रकाशित मिति:

दाङ ।

लुम्बिनीका अर्थमन्त्री धनबहादुर मास्कीले आफ्नो पार्टी माअ‍ोवादी केन्द्रको निर्णय विपरीत आफ्नै नातेदारलाई राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेपछि विवाद भएको छ ।

मुख्यमन्त्री र स्वास्थ्यमन्त्री नभएका बेला कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका मास्कीले दीपक शाहलाई अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेका थिए ।

माओवादी केन्द्र तुलसीपुर नगर कमिटीको कात्तिक १४ गते बसेको बैठकले शशिकिरण ढकाललाई प्रादेशिक अस्पतालको अध्यक्षमा मनोनित गर्न पार्टीको प्रदेश कमिटीलाई सिफारिस गरेको थियो ।

तर अर्थमन्त्री मास्कीले पार्टीले सिफारिस गरेको व्यक्तिलाई नभई भाञ्जीज्वाईं नाता पर्ने सल्यानका शाहलाई कात्तिक २३ गते नियुक्त गरेपछि माओवादी भित्र विवाद चर्केको हो ।

सम्बन्धित् समाचार