वैखरी अनलाइन , बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- ४ का एक युवक एक हप्तादेखि सम्पर्क बिहिन भएका छन । कात्तिक २७ गतेदेखि बाणगंगा नगरपालिकाको चार नम्बर जितपुरबाट उनी सम्पर्क बिहिन भएका हुन ।
बाणगंगा नगरपालिका- ४ हरिहरपुर बस्ने बर्ष २१ बिष्णु पौडेल सम्पर्क बिहिन भएपछि अहिले उनको परिवारमा तनावमा परेको छ । जहाँ भएपनि तत्काल सम्र्पक गर्न वा कसैले देखेमा जानकारी गराउन पौडेलकी हजुर आमा नन्दकला उपाध्याय आग्रह गर्नु भएको छ ।
त्यस्तै आफनो भदै हराएको चिन्ता ब्यक्त गर्दै सन्तु घिमिरेले पौडेललाई देख्नेलाई ९८१४४३००८३ वा ९८०७४४९१८४ मा खबर गर्न आग्रह गर्नु भएको छ ।