गृहपृष्ठ Featured युरोकप २०२४ का लागि इटली छनोट

युरोकप २०२४ का लागि इटली छनोट

काठमाडौं ।

साविक विजेता इटली अर्को वर्ष जर्मनीमा हुने युरोकप २०२४ का लागि छनोट भएको छ ।

समूह जीअन्तर्गत सोमबार राति भएको खेलमा युक्रेनविरुद्ध गोलरहित बराबरी खेलेपछि इटलीले युरोकपमा स्थान पक्का गरेको हो ।

युक्रेनसँग समान १४ अंक जोडेको इटली समूह सी को समूह उपविजेता बन्दै छनोट हुँदा युक्रेनले अब अब प्लेअफको सहारा लिनुपर्छ ।

यसअघि घरेलु मैदानमा भएको खेलमा इटली २-१ ले विजयी भएकोले समान अंक भए पनि इटली हेड टु हेडमा अघि रहेको हो ।

सम्बन्धित् समाचार