गृहपृष्ठ कपिलवस्तु बिशेष १४ औं कपिलवस्तु महोत्सव : स्टल बुकिङ्गको काम तीब्र, झन्डै ५० प्रतिशत स्टल बुकिङ्ग

१४ औं कपिलवस्तु महोत्सव : स्टल बुकिङ्गको काम तीब्र, झन्डै ५० प्रतिशत स्टल बुकिङ्ग

सागर वि.क., वैखरी अनलाईन ।

१४ औं कपिलवस्तु महोत्सवमा स्टल बुकिङ्गको कामलाई तीब्रता दिईएको छ । महोत्सव उद्घाटन मिति नजिकिदै जादाँ स्टल बुकिङ्गको कामलाई तीब्रता दिईएको हो । स्टल निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिदैं स्टल संयोजक मिन थापाले भने, ‘स्टल बुकिङ्गको काम पनि धमाधम भईरहेको छ ।’

संयोजक थापाले महोत्सव स्थलमा झन्डै ३ सय बढी स्टल रहने बताए । जहाँ व्यवसायिक १ सय ८०, कृषि २०, घरेलु ५० तथा अन्य ५० वटा भन्दा बढी स्टल रहने उनको भनाई छ । उनले हालसम्म झन्डै ५० प्रतिशत स्टल बुकिङ्ग भइसकेको दाबी गरे ।
औद्योगिक तथा व्यवसायिक वस्तु तथा सेवाहरुको विक्रि तथा प्रवद्र्धनको उद्देश्य राखि स्टल बुकिङ्गको काम भईरहेको उनले बताए ।
‘स्टलमा विशेष गरि स्थानीय उत्पादनलाई प्राथमिकता दिईन्छ,’ उनले भने, ‘यस क्षेत्रका उद्योगी व्यवसायीलाई राहत दिलाउन महोत्सवले महत्वपुर्ण भूमिका खेल्ने छ ।’

‘महोत्सब नाफा मात्रै कमाउने थलोको रुपमा होइन, स्थानिय उत्पादलाई प्रोत्साहन गर्ने हाम्रो निती हो,’ उनले भने ।

उनले संकटमा परेको अर्थतन्त्रलाई माथि उठाउन महोत्सव महत्वपूर्ण सावित हुने दाबी गरे । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव स्थलमा पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने गरि स्टलहरुको काम भईरहेको उनले बताए ।

उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्ने गरि स्टलहरु स्थल तथा महोत्सव स्थल सौन्दर्यीकरणको काम भईरहेको बताए ।

बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा यही मंसिर २१ गतेदेखि पौष १ गतेसम्म हुने १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुदैंछ । ‘युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन’ भन्ने मूल नाराका साथ महोत्सव बाणगंगा ४ स्थित बुद्धरंगशालामा हुन लागेको हो ।

सम्बन्धित् समाचार