गृहपृष्ठ Featured बुटवलबाट ब्राउन सुगरसहित २ जना पक्राउ

बुटवलबाट ब्राउन सुगरसहित २ जना पक्राउ

बुटवल ।

बुटवलबाट अवैध लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल देवीनगरका सुनिल श्रेष्ठ र साहिल थापा छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुधबार राति बुटवल उपमहागरपालिका ११ देवीनगरबाट ७.९० ग्रामसहित २८ वर्षीय सुनिल र मिलनचोकका २१ वर्षीय साहिल पक्राउ परेका हुन् ।

सुनिलको घरमा लागूऔषध ब्राउन सुगर बिक्री वितरण भइरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटबलबाट खटिएको प्रहरीले श्रेष्ठको घर खानतलासी गर्दा उनको साथबाट ६.६० ग्राम र साहिल थापाको साथबाट १.३० ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार