गृहपृष्ठ Featured १२ औँ कपिलवस्तु डान्स आइडल : फाईनल अडिसन यही मंसिर १९ गते

१२ औँ कपिलवस्तु डान्स आइडल : फाईनल अडिसन यही मंसिर १९ गते

वैखरी अनलाईन, बाणगंगा ।

१२ औँ कपिलवस्तु डान्स आइडलको फाईनल अडिसन यही मंसिर १९ गते मंगलबार हुने भएको छ ।

महोत्सवकै मुख्य आकर्षकका रुपमा रहने डान्स आईडलको फाईनल अडिसन आयोजक संस्था बाणगंगा बेलफेयर सोसाईटीको भवन बुद्धरंगशालामा ११ बजे हुने डान्स आइडल संयोजक खडक बहादुर क्षेत्रीले जानकारी दिए ।

मंसिर ५, ७, ८ र ९ गते भएका अडिसनमा झन्डै ४० जना बढीले नृत्य प्रस्तुत गरेका थिए ।

आइडलको उपाधि हात पार्नेले १ लाख २१ हजार १ सय २१ रुपैयाँसँगै चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यही मंसिर २१ गतेदेखि पौष १ गतेसम्म १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुन लागेको हो । महोत्सव बाणगंगाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा हुदैं छ ।

सम्बन्धित् समाचार