काठमाण्डाै ।
सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगिताकाे सेमिफाइनलमा पुगेकाे छ ।
आज आइतवार भएकाे खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई हराउँदा एपीएफ नेट रन रेटमा अघि रहँदै समूह ‘बी’ बाट सेमिफाइनलमा पुगेकाे हाे । समूहमा ३ वटै टिमले २/२ खेल खेल्दा समान अङ्क भएपछि एपीएफ अन्तिम ४ मा पुगेकाे हाे ।
पाेखरा रङ्गशालामा लुम्बिनीले दिएकाे १ सय ४ रनकाे सामान्य लक्ष्य पछ्याएकाे गण्डकी १८ ओभर ५ बलमा ९८ रन बनाउँदा अल आउट भयाे । गण्डकीका सुदीप अर्यालले सर्वाधिक ३५ रन बनाए । यस्तै कप्तान विपिन खत्रीले १९ र दिनेश बुढामगरले १३ रन जाेडे । बलिङतर्फ लुम्बिनीका माेहम्मद हुसैनले ४, अजय लुनियाले ३ र रमेश कुर्मीले २ विकेट ।
यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३ रन बनायाे । लुम्बिनीका धुर्व सुनार र नर सार्कीले समान २३ रन बनाए । बलिङतर्फ गण्डकीका अमृत गुरुङले ३ र चन्द्र पाैडेलले २ विकेट लिए ।