गृहपृष्ठ Featured कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन : ७ सय ५० प्रतिनिधि सहभागी हुने

कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन : ७ सय ५० प्रतिनिधि सहभागी हुने

बुटवल ।

कांग्रेसको बुटवलमा हुने प्रथम प्रदेश सम्मेलनमा ७ सय ५० जना प्रतिनिधि सहभागी हुने भएका छन्  । प्रदेश महाधिवेशन प्रतिनिधिबाट सबै, प्रदेशसभा क्षेत्रबाट ९ जनाका दरले ४ सय ६८ प्रतिनिधि सहभागी  हुनेछन् ।

सम्मेलनमा प्रदेश सदस्य १ सय ३ जना, सल्लाहकार १ सय २१ जना, संघीय र क्षेत्रका सभापति २२ जना, जिल्ला सभापति १२ जना, केन्द्रीय सदस्य २१ जना पनि सम्मेलनमा प्रतिनिधिका रूपमा सहभागी हुने प्रदेश सभापति अमरसिंह पुनले बताए ।

कांग्रेसले यही मंसिर १६ र १७ गते बुटवलमा सम्मेलन गर्दैछ । सम्मेलनको तयारीका बारेमा सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो

सम्मेलनको उद्घाटन बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् । सम्मेलनमा नेता शेखर कोइराला, उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेता पनि आउने उनले बताए ।

कांग्रेसले देश संघीयतामा गएपछि पहिलो पटक प्रदेश सम्मेलन गर्न लागेको हो ।

सम्बन्धित् समाचार