गृहपृष्ठ Featured बाणगंगामा मोटरसाइकल चोर्ने चोरको बिगबिगि बढयो, सचेत रहन प्रहरीको आग्रह

बाणगंगामा मोटरसाइकल चोर्ने चोरको बिगबिगि बढयो, सचेत रहन प्रहरीको आग्रह

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगामा चोरीका घटना बढेको पाइएको छ । बाणगंगा बिभिन्न स्थानमा मोटरसाइकल, स्कुटर तथा गहना चोरी भएको घटना बाहिर आएपछि चोरीका घटनामा बृद्धि भएको पाइएको हो ।

बाणगंगा नगरपालिकामा बिशेष गरेर पछिल्लो समय चोरले मोटरसाइकल चोर्ने गरेको पाइएको छ ।

बाणगंगा नगरपालिका वडा नम्बर १० कोरीयाचोकबाट मंसिर ५ गते लु ९१ प ६७७० नम्बरको मोटरसाइकल घरमै राखेको अवस्थामा रातको समयमा चोरी भएको छ । त्यस्तै मंसिर ५ गतेनै बाणगंगा ११ भड्डीहवा बाट लु ६० प ३२४५ नम्बरको मोटरसाइलक घर बाहिर राखेको अवस्थामा रातको समयमा चोरी भएको छ ।

त्यस्तै मंसिर १० गते राती बाणगंगा नगरपालिका २ राजपुरबाट लु ९२ प ७९०३ स्कुटर चोरी भएको छ ।
यसका साथै नगरका केही स्थानबाट रातको समयमा गरगहना समेत चोरी भएको पाइएको छ ।

चोरले मोटरसाइकल चोरेर फरार भएपछि चोरलाई प्रकाउ गर्न ईलाका प्रहरी कार्यालय पिपराले सक्रियता बढाएको छ ।

 

रातको समयमा घरभित्र सुरक्षित रुपमा मोटरसाइकल राख्न र चोरबाट बच्न साबधानी अपनाउन समेत ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपालजगं रायमाझिले आग्रह गरेका छन ।
घरबाट बाहिर जादा सामाजिक सञ्जालमा पोस्ट गर्ने जस्ता गतिविधि नगर्न समेत प्रमुख रायमाझिले आग्रह गरेका छन ।

सम्बन्धित् समाचार