वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १ बुङचीमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।
दुर्घटनामा परि बाणगंगा वडा नम्बर ८ बस्ने बर्ष १८ की सृष्टी बिसिको मृत्यु भएको हो । पुर्वबाट पश्चिम जादैँ गरेको ना ८ ख ८७६५ नम्बरको बसले ठक्कर दिदा गम्भीर घाइते भएकी बिसिलाई उपचारका लागी बुटवल लैजाने क्रममा मृत्यु भएको हो ।
त्यस्तै साइकलमा सवार बर्ष ४४ की निर्मला बिसि घाइते भएकी छिन । उनको लुम्बिनि प्रादेशिक अस्पतालमा उपचार भई रहेको छ ।
बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपालजगं रायमाझिले वैखरी अनलाइनलाई जानकारी दिए । दुर्घटना आज मंगलबार बिहान करिव पौने ६ बजे भएको थियो ।








