गृहपृष्ठ Featured ‘अमेरिका पठाउँछौँ’ भनेर १५ लाख ठग्ने आमाछोरा प्रहरीको फन्दामा

‘अमेरिका पठाउँछौँ’ भनेर १५ लाख ठग्ने आमाछोरा प्रहरीको फन्दामा

काठमाडौँ ।

‘अमेरिका पठाउँछौँ’ भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौँबाट आमाछोरालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ घर भएकी ६४ वर्षीया शान्ति श्रेष्ठ र उनका छोरा ३६ वर्षका विशाल श्रेष्ठ छन् ।

आरोपीहरुले चन्द्रबहादुर रावललाई अमेरिका जान ‘४० लाख लाग्छ’ भनेर १५ लाख लिएर सम्पर्कविहीन भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

अमेरिकामा पुगेपछि मासिक ३ लाख तलब हुने जागिर मिलाइदिने उनीहरूले आश्वासन दिएको पीडितले प्रहरीलाई बताएका छन् ।

आरोपीहरूलाई बानेश्वरबाट पक्राउ गरेर कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको एसपी रेग्मीले जानकारी दिए ।

सम्बन्धित् समाचार