गृहपृष्ठ Featured कोहलीले बीसीसीआईसँग मागे अनिश्चितकालीन ब्रेक

कोहलीले बीसीसीआईसँग मागे अनिश्चितकालीन ब्रेक

प्रकाशित मिति:

काठमाडौं ।

घरेलु मैदानमा एक दिवसीय विश्वकपको फाइनल हारेपछि भारतीय ब्याट्सम्यान बिराट कोहली निराश देखिएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार उनी अब लामै समय सीमित ओभरको क्रिकेटमा देखिने छैनन् ।

बिराटले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई आफू अनिश्चितकालसम्म ५० ओभर र २० ओभरको क्रिकेट खेल्न नसक्ने जनाउ दिएका छन् । यद्यपि, उनले सीमित ओभरको क्रिकेटबाट सन्न्यास नै लिने मुड भने नबनाएको समाचारमा जनाइएको छ ।

बिराटले एक दिवसीय विश्वकपमा सर्वाधिक रन बनाएका थिए । तर, फाइनलमा भारतलाई जिताउन असफल भए । उक्त हारपछि उनी अहिले परिवारसँग समय बिताइरहेका छन् । भारतले अहिले अष्ट्रेलियाविरुद्ध खेलिरहेको टि–२० सिरिजमा उनी सहभागी छैनन् ।

बिराटले अब दक्षिण अफ्रिकाविरुद्ध भारतले खेल्ने एक दिवसीय र टि–२० सिरिज नखेल्ने बीसीसीआइ स्रोतले बताएको छ । उनी अब टेस्ट क्रिकेटमा केन्द्रीत हुन चाहन्छन् । दक्षिण अफ्रिकाविरुद्धको दुई टेस्टको श्रृंखलामा उनी उपलब्ध हुनेछन् ।

बिराटसँगै भारतीय राष्ट्रिय टीमका कप्तान रोहित शर्मा पनि सीमित ओभरको क्रिकेटबाट टाढिन सक्ने चर्चाहरु हुन थालेका छन् । बिराट र रोहित दुवैले एक वर्षअघि टि–२० विश्वकप खेलेदेखि कुनै पनि टि–२० म्याच खेलेका छैनन् । अर्को वर्ष हुने टि–२० विश्वकपमा उनीहरुले खेल्छन् वा खेल्दैनन् भन्ने निधो छैन । उमेरले पनि उनीहरु अवकाशको नजिक पुगिसकेका छन् ।

सम्बन्धित् समाचार