तानसेन ।
पाल्पा रिव्दीकोट गाउँपालिका-७ पालुङ् मैनादीमा मंसिर १६ गते प्रथम सुन्तला महोत्सव हुने भएको छ।
पालिकास्तरमा सुन्तला खेती गर्ने कृषकको उत्पादनमा वृद्धि, बजारीकरण र सुन्तलाको विविधीकरणमा सहयोग गर्न महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।
वडा कार्यालयको आयोजना तथा मैनादी कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापनमा सुन्तलाको बजार प्रवर्द्धन र कृषकलाई प्रोत्साहन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको वडाध्यक्ष दानबहादुर कुँवरले बताए। वडा नम्बर ७ मा २ सय कृषकले सुन्तला खेती गर्दै आएका आयोजक वडाध्यक्ष कुवँरले बताए।
महोत्सवमा सुन्तला खेतीका लागि माटो शिविर, प्लाण्ट क्लिनिक, विभिन्न सुन्तलाका परिकार, सुन्तला खेतीसँग गर्न सकिने अन्य खेतीका विषयमा जानकारी, सुन्तला बगैंचाको अवलोकन, सुन्तला खाने प्रतियोगिता, सुन्तला खेतीमा प्रविधिको प्रयोग, विषादीको प्रयोग बारे सचेतना, उत्कृष्ट सुन्तला कृषक सम्मान कार्यक्रम गरिने गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए।