गृहपृष्ठ Featured घर सम्पन्नको प्रमाणपत्र दिन ८० हजार घुस, सब-इन्जिनियर पक्राउ

घर सम्पन्नको प्रमाणपत्र दिन ८० हजार घुस, सब-इन्जिनियर पक्राउ

काठमाडौँ । 

काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाका सब-इन्जिनियर टीकाराज राई ८० हजार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराउन सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ बाट पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

सम्बन्धित् समाचार