गृहपृष्ठ Featured बुटवल लुम्बिनी सिटी एफसीलाई धनगढी एफसीले हरायो

बुटवल लुम्बिनी सिटी एफसीलाई धनगढी एफसीले हरायो

काठमाण्डाै ।

नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसीले बुटवल लुम्बिनी सिटी एफसीलाई हराएको छ ।

आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा धनगढीले बुटवललाई १–० गोलले हरायाे । खेल बराबरीतर्फ गइरहेको अवस्थामा इन्ज्युरी समयको ४ औँ मिनेटमा हाफिज ओलावालेले गोल गरेर धनगढीलाई जित दिलाए । धनगढीको यो लगातार दोस्रो जिते हो भने बुटवल लुम्बिनीको दोस्रो हार हो । एनएसएलको दोस्रो संस्करणमा ९ वटा टोली सहभागी छन् ।

एनएसएलमा भाेलि शुक्रवार वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसीबीच खेल हुनेछ । खेल बेलुकी साढे ५ बजे दशरथ रङ्गशालमा शुरु हुनेछ ।

 

सम्बन्धित् समाचार