गृहपृष्ठ Featured बर्दियामा ब्राउन सुगरसहित एक जना पक्राउ

बर्दियामा ब्राउन सुगरसहित एक जना पक्राउ

बर्दिया ।

भारतबाट लुकाइछिपाई भित्र्याइएको प्रतिबन्धित ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका-१ शान्तिपुरका २८ वर्षीय सुजन पुनमगरलाई प्रहरीले १ ग्राम ३ सय १० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित पक्राउ गरेको हो ।

भारतको बलैगाउँ हुँदै बढैयातालको जमुनीतर्फ पैदल आउँदै गरेका पुनलाई उक्त पदार्थसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुलसीराम अर्यालले बताए ।

पक्राउ परेका विरुद्ध अनुसन्धान जारी रहेको उनले जनाए ।

सम्बन्धित् समाचार